काठमाडौं - समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीले प्रमुख दलहरूमा बबाल भएको छ । खासगरी नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीमा पुरुष नेता क–कसलाई पठाउने भन्ने विषयले बबाल भएको हो ।
एमालेलाई पनि खासै अप्ठेरो परेको छैन । एमालेले ३४ सिट पाएकोमा महिला १९ जना पठाउनुपर्ने भएको छ । उसले १५ जना पुरुष पठाउन पानेछ । समानुपातिकमा पर्न क्लस्टरमा महिलामा विभिन्न जाति, समुदाय र पिछडिएका क्षेत्रबाट ल्याएर आफू पर्न प्रभावशाली नेताहरुले सक्रियता देखाएका छन् ।
को जाने को नजाने विषयले विवाद चर्किएको छ । दलहरुभित्र समानुपातिकमा पर्न लबिङ र दबाब दिने घटना विकास भएको छ । कांग्रेसले ३२ सिट पाएकोमा २९ जना महिला पठाउनुपर्ने बाध्यतामा छ । उसले तीनजना मात्र पुरुष पठाउन पाउनेछ ।
कांग्रेसभित्र विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत समानुपातिकमा बसेका छन् । उनीहरू क्लस्टरअनुसार पहिलो नम्बरमा भए पनि दलित र मुस्लिमको पनि प्रतिनिधित्व गराउनुपर्ने भएकाले जीवन परियार र फरमुल्लाह मन्सुर सांसद बन्ने परिस्थिति पनि छ ।
तर, निधि, श्रेष्ठ र महतले जसरी पनि सांसद हुनुपर्ने भन्दै लबिङ गरेकाले समस्या उत्पन्न भएको छ । यदि उनीहरू सांसद भएमा कांग्रेसबाट दलित र मुस्लिम प्रतिनिधित्व शून्य हुनेछ । माओवादीबाट १४ सांसद समानुपातिकमा रहने भएकामा १२ जना महिला पठाउनुपर्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट समानुपातिकमा जितेकोमा पाँचजना महिला पठाए पुग्छ । उक्त दलमा समानुपातिक सांसद बन्ने दौडधूप चर्किएको छ । यस क्रममा विवाद पनि चलेको छ ।
दीपक बोहरा, गणेश कार्कीलाई समानुपातिक सांसद बनाउन खोजेको भन्दै रास्वपाको पार्टी कार्यालयमै धर्ना दिइएको छ । राप्रपाले ७ सिट पाएकोमा ५ महिला पठाउनुपर्नेछ ।
२ सिट पुरुषमा पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीको दाबी छ । तर, विभिन्न जातजाति मिलाउँदा उनीहरुलाई पनि समस्या परेको छ । कुल २७५ सिटमा १६५ प्रत्यक्ष र ११० समानुपातिक राख्दा बहुमतको सम्भावना लगभग समाप्त भएको हो ।
समानुपातिककै कारण दुई दलको पनि सरकार नबने परिस्थिति विकास भएको छ । यसले कुनै पनि प्रधानमन्त्री पूरा पाँच वर्ष टिक्ने सम्भावना पनि समाप्त भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।