आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

हारबाट आत्तियो एमाले, राख्यो अचम्म लाग्दो माग 

हारबाट आत्तियो एमाले, राख्यो अचम्म लाग्दो माग 

  • मिडिया डबली
  • सोमवार, मंसिर १२ २०७९

  • 8.3K
    SHARES

  • हारबाट आत्तियो एमाले, राख्यो अचम्म लाग्दो माग 

    काठमाडौं– नेकपा एमालेले देशका थप २० स्थानमा बुथ कब्जा भएको निष्कर्षसहित निर्वाचन आयोगमा निवेदन दिएको छ।एमाले महासचिव शंकर पोखरेलले सोमबार निर्वाचन आयोगमा एक पत्र पठाउँदै देशका थप २० मतदान केन्द्रमा बुथ कब्जा भएकाले पुनः मतदान गर्न माग गरेको हो। 

    यसअघि निर्वाचन आयोगले दोलखाका १० स्थानमा पुनः मतदान गर्ने निर्णय गरेकाबाहेक थप २० ठाउँमा पनि सत्ता गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेको एमालेको निष्कर्ष छ।

    ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा २०७९ मङ्सिर ४ गते बाजुरा, स्याङ्जा र दोलखा जिल्लामा बुथ कब्जा भएकोबारे त्यही दिन नै नेकपा (एमाले) का उम्मेदवारहले निर्वाचन अधिकृत तथा निर्वाचन आयोगसमक्ष पुनः मतदानका लागि निवेदन दिएका थिएु, एमालेले भनेको छ,’ आयोगबाट समेत प्रारम्भिक रुपमा निवेदनमा उल्लेख भएको स्थानमा बुथ कब्जा र अनियमितता भएको भन्ने प्रारम्भिक तथ्यबाट देखिएको हुँदा नै आयोगबाट कर्मचारी खटाई स्थलगत प्रतिवेदन प्राप्त गर्नेक्रममा रहेको स्पष्ट देखिन्छ।’

    आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनःमतदानको आदेश गरेको जनाउँदै एमालेले अन्य स्थानमा पनि त्यही अनुसार निर्णय हुनुपर्ने माग गरेको छ। ‘हाम्रो उम्मेदवारले माग गर्नुभएको अन्य कब्जा भएको स्थानहरु कालिञ्चोक १ नं.बेगुम्पा मतदान केन्द्र क र ख, शैलुङ्ग गाउँपालिका वडा नं... २ भुसाफेदा नविन मावि मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्दछ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend