सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीको दाबी गलत सावित गर्दै कांग्रेस सबैभन्दा ठूलो दल स्थपित

ओलीको दाबी गलत सावित गर्दै कांग्रेस सबैभन्दा ठूलो दल स्थपित

  • मिडिया डबली
  • आइतवार, मंसिर ११ २०७९

  • 6.9K
    SHARES

  • ओलीको दाबी गलत सावित गर्दै कांग्रेस सबैभन्दा ठूलो दल स्थपित

    काठमाडौँ-  निर्वाचन प्रचार प्रसारका क्रममा एमाले अध्यक्ष केपी ओलीले आफ्नो दलले प्रत्यक्षमा एक सय र समानुपातिकमा ५० सिट ल्याएर सबैभन्दा ठूलो दल बन्ने र सरकार बनाउने घोषणा गरेका थिए ।

    एमालेले ‘मिसन १५०’ अभियान लिएर अभियान थालेको थियो । एमाले नेता जोकोही पनि डेढ सय सिट जित्ने दाबी गर्थे । तर त्यस्तो देखिएन । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म एक सय ५५ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ ।

    जसमा कांग्रेसले ५३ सिट जितेको छ । अझै तीन क्षेत्रमा अग्रता लिएको छ । बाजुरा, स्याङ्जा २ र दोलखामा मतगणना नै भएको छैन । बाजुरा र स्याङ्जा २ मा आफूले जित्ने कांग्रेसले सूचीमा राखेको छ । यसरी कांग्रेसले ५८ सिट प्रत्यक्षमा जित्ने देखिन्छ ।

    जसअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । प्रदेशतर्फ पनि कांग्रेस ठूलो पार्टी बनेको छ । सातमध्ये चार प्रदेशमा कांग्रेस पहिलो दल बनेको छ ।

    गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस ३२९ पालिका जित्दै पहिलो बनेको थियो । अब प्रदेश र प्रतिनिधिसभातर्फ पनि कांग्रेस नै पहिलो दल बन्ने निश्चित भएको छ ।

    प्रतिनिधिसभातर्फको परिणाम अन्तिम चरणतिर पुग्दा अघिल्लो निर्वाचनको समग्र शक्ति सन्तुलनमा उथलपुथल देखिएको छ । कांग्रेस, एमाले र माओवादी क्रमशः पहिलो, दोस्रो र तेस्रो दल हुने निश्चित छ । तर, प्रदेशगत रूपमा ठूला दलका लागि परिणाम सन्तोषजनक छैन ।

    यससँगै संघीय संसद्को प्रादेशिक शक्ति सन्तुलनमा पनि व्यापक हेरफेर भएको छ । चौथो शक्तिका रूपमा उल्लेख्य सिटसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ ।

    पहिलो दलका रूपमा कांग्रेसले बागमती र गण्डकीबाट प्रतिनिधिसभामा सशक्त उपस्थिति जनाउँदा स्वतन्त्र पार्टीले दोस्रो दल एमालेले भन्दा बढी सिट जितेर बागमतीबाट कांग्रेसपछि जबर्जस्त उपस्थिति जनाएको छ ।

    धेरै प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने परिस्थिति देखिएको छ । जनताले स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनवटैमा कांग्रेसलाई पहिलो दल बनाएपछि ओली तनावमा परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend