झापा- अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक सानदार जित हासिल गरेका छन् ।
एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्माले पहिलो पटक संसदीय निर्वाचन जितेका हुन् ।
एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्र नम्बर १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जिते यता कांग्रेसले जित हासिल गर्न सकेको थिएन ।
शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३४९ मत मात्रै पाए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।