काठमाडौं– दाङमा नेकपा एमाले क्लिन स्विप हुने देखिएको छ। दाङका ३ वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
शहरी विकासमन्त्री समेत रहेका नेकपा एसका मेटमणि चौधरीले दाङ–१ मा अग्रता लिएका छन् । मेटमणिले ५ हजार १२४ मत पाउँदा एमालेकी शान्ता चौधरीले ३ हजार ७९० मत पाएकी छन् ।
दाङ–२ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेखा शर्माले १४ हजार १०७ मत प्राप्त गरेकी छन् । एमाले महासचिव शंकर पोखरेलले १२ हजार ४२३ मत प्राप्त गरेका छन् । दुवै बीचको अन्तर १ हजार ६८४ छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ६ हजार ३०० मत पाएका छन् ।
दाङ–३ मा एमालेकी कोमल वलीलाई पछि पार्दै कांग्रेसका दीपक गिरीले अग्रता लिइरहेका छन् । गिरीले ८ हजार ४३५ मत पाउँदा एमालेकी वलीले ६ हजार ६५२ मत पाएका छन् । यो क्षेत्रमा पनि रास्वपाका कमल सुवेदीले ३ हजार ३१ मत पाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।