काठमाडौं - कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टीभित्र आफूसँगै प्रतिस्पर्धामा उत्रिएका गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा सहर्ष घोषणा गरेर राजनीतिक उदारता देखाएका नेता हुन् ।
नेविसंघको अध्यक्ष भइसकेका शर्मा दुईपटक संसदीय निर्वाचनमा असफल भए पनि यसपटक सहजै संसद् प्रवेशको तयारीमा छन् । चुनाव प्रचार प्रसारको माहोल हेर्दा र सत्तागठबन्धनका कारण झापा १ का मतदाताले यसपटक शर्मालाई जनप्रतिनिधिमा अनुमोदित गरेर पठाउने निश्चित जस्तै छ ।
शर्मा संसदमा नपुग्दा पनि सरकारले गरेका गलत क्रियाकलापका बारेमा लगातार आवाज बुलन्द बनाउन सक्षम नेता हुन् । गलत कामविरुद्ध सधैँ अडिग । आफ्नै पार्टीका गलत क्रियाकलापका बारेमा अडान राख्न सक्षम युवा नेता हुन् उनी ।
झापा १ बाट प्रतिनिधिसभा सदस्यका लागि तेस्रोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री शर्मा देशकै प्रभावशाली युवा नेताका रूपमा चिनिन्छन् । ०४० मा धुलाबारी माध्यमिक विद्यालय झापाको नेविसंघ इकाइ सभापति बनेसँगै उनको औपचारिक राजनीतिक यात्रा सुरु भएको थियो ।
उनी ०७२ मा सम्पन्न १३औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । १४औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित शर्मा पार्टी नेतृत्वमा पुग्ने सोचसहित अगाडि बढेका छन् । पार्टीभित्र र बाहिर आफ्ना कुरा स्पष्ट रुपमा राख्ने उनी संसदमा पनि प्रभावकारी भूमिका खेल्न सक्ने नेता हुन् । त्यसैले कांग्रेसले मात्र होइन, अन्य दलका मान्छेले पनि शर्मालाई संसदमा देख्न चाहेका छन् ।
कवि, गीतकार, गायक, नाटककार, लेखक, प्रभावशाली प्रस्तोताको छवि बनाइसकेका शर्मामा कांग्रेसजनले बीपी कोइरालाको अनुहार देखेका छन् । उनलाई पार्टी चलाउने र गगन थापाले देश चलाउन् भन्ने धेरैको कामना छ । त्यो अपेक्षा पूरा हुन पनि शर्मा र थापा सांसद हुनु आवश्यक छ । उनी आजसम्म कहीँकतै चुकेका छैनन् ।
पार्टी पदाधिकारीमा भर्खर पुगेका छन् । राज्यको कार्यकारी नेतामा परीक्षण भइसकेका छैनन् । त्यही भएर यो पटक शर्मालाई संसदमा देख्ने सबैको चाहना देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।