आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भोजपुरमा हारको मानसिकतामा एमाले, प्रचण्ड सहभागि कार्यक्रममा बम पड्काउन लगाएको किरातीको आरोप 

भोजपुरमा हारको मानसिकतामा एमाले, प्रचण्ड सहभागि कार्यक्रममा बम पड्काउन लगाएको किरातीको आरोप 

  • मिडिया डबली
  • बुधवार, कार्तिक ३० २०७९

  • 2.5K
    SHARES

  • भोजपुरमा हारको मानसिकतामा एमाले, प्रचण्ड सहभागि कार्यक्रममा बम पड्काउन लगाएको किरातीको आरोप 

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रम स्थल नजिकै बम विस्फोट भएको छ। बुधबार दिउँसो भोजपुरको तिवारीभन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो। 

    बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ। विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका हुन्। यसैबीच, नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य तथा भोजपुरबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुदन किराँतीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको आरोप लगाएका छन्। 

    ‘हामीले तिवारीभन्ज्याङमा चुनावी सभा राखेका छौं। कार्यक्रम नजिक एक जना भाइले बोकेको बम विस्फोट भयो। विचरा भाइ अहिले घाइते भएपछि प्रहरीले पक्राउ गरिसक्यो। चुनावमा हार्ने भएपछि एमालेले जहिलै यस्तै यस्तै घटना घटाउँछ।’

    भोजपुरमा माओवादीका किराँती र एमालेका शेरधन राईबीच कडा प्रतिस्पर्धा छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend