शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

एलओडी क्लबमा पहिले ज्ञानेन्द्र मुड फ्रेस गर्न जान्थे, अहिले ओली भोट माग्न 

एलओडी क्लबमा पहिले ज्ञानेन्द्र मुड फ्रेस गर्न जान्थे, अहिले ओली भोट माग्न 

  • मिडिया डबली
  • शनिवार, कार्तिक २६ २०७९

  • 2.4K
    SHARES

  • एलओडी क्लबमा पहिले ज्ञानेन्द्र मुड फ्रेस गर्न जान्थे, अहिले ओली भोट माग्न 

    काठमाडौं- आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जित्न एमाले अध्यक्ष केपी ओलीले साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेका छन् । आफ्नो पार्टीको भोट बढाउन उनले जुन पार्टीसँग पनि तालमेलको नीति अंगालेका छन् । ओलीले चरम दक्षिणपन्थी पार्टी राप्रपा, राप्रपा नेपाल, एकनाथ ढकाल, हृदयेश त्रिपाठी जस्तासँग सहकार्य गरेर निर्वाचनमा होमिएका छन् ।

    विभिन्न पक्षले निकालेको चुनावी प्रतिवेदन र सुरक्षा निकायले तयार पारेको प्रतिवेदनमा एमालेले ३० देखि ३५ सिट जित्ने खुलेपछि ओलीको भोक निद्रा उडेको छ । सोही कारण अहिले बढी समय सामाजिक सञ्जाल, टिकटकमा बिताउने गरेका छन् । तिनलाई महत्व दिन थालेका छन् । यसो गर्दा युवाको भोट एमालेमा पर्ने उनको अपेक्षा छ ।

    यसैलाई ध्यानमा राख्दै केपी ओली एलओडी क्लब पुगेका छन् । एलओडी क्लब अहिले एसियाकै उत्कृष्ट नाइट क्लबमा पर्छ । जहाँ निश्चित पैसा तिरेपछि व्यवस्थापनले मञ्च र स्क्रिन उपलब्ध गराउँछ । सहरका धनी वर्गका छोराछोरी जाने एलओडी क्लबमा ओली शुक्रबार राति पुगेका थिए । ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका थिए । ‘केपी बा’ बोलको र्‍याप गीत उनले सार्वजनिक गरेका हुन् । चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ । उनलाई सर्वशक्तिवान गरी प्रस्तुत गरिएको छ । सुन्नलाई खुबै रमाइलो लाग्ने सो गीत अहिले टिकटकमा बज्ने गरेको छ ।

    ओली एलओडी क्लब जानुको मुख्य उद्देश्य त्यहाँ पुग्ने युवायुवतीलाई एमाले र सूर्य चिन्हमा मत आकर्षित गर्न हो । त्यसैले विगतमा पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित रमाइलो गर्न पुग्ने एलओडी नाइट क्लबमा ओली गएर आफ्नो गुनगान समेटिएको चुनावी गीत सार्वजनिक गरिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend