आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनावको मुखमै नेता–कार्यकताले साथ छाडेपछि गोकुल बास्कोटा तनावमा, कांग्रेसमा थपियो उत्साह

चुनावको मुखमै नेता–कार्यकताले साथ छाडेपछि गोकुल बास्कोटा तनावमा, कांग्रेसमा थपियो उत्साह

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २४ २०७९

  • 4.1K
    SHARES

  • चुनावको मुखमै नेता–कार्यकताले साथ छाडेपछि गोकुल बास्कोटा तनावमा, कांग्रेसमा थपियो उत्साह

    पाँचखाल– गोकुल बास्कोटाको निर्वाचन क्षेत्रमा एमालेका नेता–कार्यकर्ताले विद्रोह गरेका छन्। एमाले पूर्व जिल्ला कमिटी सदस्य भुवनकुमार मल्लसहित २५ जना विभिन्न नेता कार्यकर्ताले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखैमा एमाले परित्याग गरेका छन् । मल्लसहित संगठित सदस्य सोमलाल तामाङ्ग, कृष्णबहादुर मल्ल, नवराज लम्साल, सरिता तामाङ्गसहित २५ जना एमाले छोड्दै कांग्रेस प्रवेश गरेका हुन् । 

    लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नं २ का साझा उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद शिवप्रसाद हुमागाईले टीका लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । 

    एमालेमा व्यक्तिवादी र हैकमवादी प्रवृत्ति हाबी भएको, एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार गोकुलप्रसाद बाँस्कोटा भ्रष्टाचारमा लिप्त भएको, ७० करोड टेप प्रकरणमा मुछिएको, कार्यकर्तालाई रुखो बोलेर हेप्नेसमेत गरेकाले भ्रष्टाचारमा लिप्त बाँस्कोटालाई जिताउन मन नलागेर एमाले परित्याग गरेको उनीहरुले बताए ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend