आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओखलढुंगामा रामहरीको जित सुनिश्चित, जन्तरखानीका १५० एमाले नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

ओखलढुंगामा रामहरीको जित सुनिश्चित, जन्तरखानीका १५० एमाले नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १५ २०७९

  • 3.9K
    SHARES

  • ओखलढुंगामा रामहरीको जित सुनिश्चित, जन्तरखानीका १५० एमाले नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

    ओखलढुंगा– ओखलढुंगाको जन्तरखानीका १५० जना एमाले नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

    सत्ता गठबन्धनले जिल्लाको सिद्धिचरण नगरपालिका – ६ जन्तरखानीमा गरेको कार्यकर्ता भेलाको अवसरमा एमालेका सुजन मगर, रविन मगर, महेश मगर, पेम्बा शेर्पा र काजी शेर्पा लगाययतका १५० जनाले एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेको हुन् ।

    पार्टी प्रवेश गर्नेहरुलाई कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उम्मेद्वार रामहरी खतिवडा र प्रदेश क का उम्मेद्वार प्रदीप सुनुवारले स्वागत गरेका छन् ।

    पार्टी प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिइने कांग्रेस नेता खतिवडाले बताएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुकुम वाम्बुले राईले जानकारी दिए ।

    पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले एमालेले माओवादीका ६ जना प्रवेश गराएर २ सय ६५ जना प्रवेश गराएको भन्दै गलत प्रचार गरेको आरोप लगाएका छन् । ६ जना बाहेक कोही पनि एमालेमा प्रवेश नगरेको दाबी गर्दै उनले ति व्यक्तिहरु पनि मुल पार्टीमा फर्किन तयार रहेको दाबी गरेका छन् ।

    कार्तिक ६ गते एमालेले गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा जन्तरखानीका २ सय ६५ जना एमालेमा प्रवेश गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend