आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पाँचौंपटक सांसद बन्न खोजेका नेम्बाङमाथि कांग्रेसका डम्बर खड्का भारी, मतभारमा गठबन्धन बलियो

पाँचौंपटक सांसद बन्न खोजेका नेम्बाङमाथि कांग्रेसका डम्बर खड्का भारी, मतभारमा गठबन्धन बलियो

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १५ २०७९

  • 6.9K
    SHARES

  • पाँचौंपटक सांसद बन्न खोजेका नेम्बाङमाथि कांग्रेसका डम्बर खड्का भारी, मतभारमा गठबन्धन बलियो

    इलाम- २०५६ सालपछि इलाम १ बाट विजयी हुँदै आएका एमाले उपाध्यक्ष सुवास नेम्वाङ पाँचौंपटक सांसद बन्ने दौडमा छन् । विगतमा इलाम ३ निर्वाचन क्षेत्रमा विभाजित थियो । तर, अहिले दुईवटा मात्र छ । त्यसैले अहिले नेम्वाङ इलाम २ बाट उठेका छन् ।

    चारपटक सांसद बनेर संसद् भवन पुगेका नेम्वाङले जिल्ला र निर्वाचन क्षेत्रमा विकासका काम शून्य गरेका छन् । त्यही भएर त्यहाँका जनता उनीसँग असन्तुष्ट मात्र छैनन्, यसपटक पराजित गरेर उनलाई सबक सिकाउने मनस्थितिमा रहेको देखिएको छ ।

    मन्त्री, सभामुख, संविधानसभाको अध्यक्ष भइसकेका नेम्वाङ चुनावका बेला मात्र इलाम जाने गर्छन् । उनले अहिलेसम्म पैसा बाँडेर र झुटा आश्वासन दिएर जित्दै आएको त्यहाँका स्थानीय बताउँछन् । तर यसपटक भने उनको कांग्रेस इलामका सभापति डम्बर खड्का प्रतिस्पर्धा हुँदैछ । खड्का आफैंमा लोकप्रिय युवा नेता हुन् । इलाम जिल्लाको विकास निर्माण र समाजसेवामा उनी सबैभन्दा अगाडि छन् । त्यही भएर यसपटक इलामले नयाँ अनुहार संसदमा पठाउने निश्चित जस्तै छ । 

    यसअघि जस्तो सहज जित निकाल्न सफल नेम्वाङलाई यो निर्वाचन त्यति सहज छैन। ०७४ सालको निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदवार बनेका नेम्वाङलाई माओवादीको साथ थियो। तर अहिले एमाले एक्लै मैदानमा छ । इलाम २ मा कांग्रेसको ३२ हजार ९७८, एमालेको ३२ हजार ५२७, माओवादीको दुई हजार ७१७, जसपाको ५५४, एकीकृत समाजवादीको २७७ र राप्रपाको १३० मत रहेको स्थानीय तहको निर्वाचन परिणामले देखाउँछ ।

    यस आधारमा खड्काभन्दा नेम्वाङ तीन हजार ४४५ मतले पछि छन् । त्यसमा पनि कांग्रेसका उम्मेदवार खड्का भूगोलमा बसेर काम गरेका र जनस्तरमा भिजेका नेता भएका कारण नेम्वाङको चुनौती बनेका छन्। एक लाख १५ हजार तीन सय ४२ मतदाता रहेको यस क्षेत्रमा इलाम नगरपालिकाका ११ वटा वडा, देउमाई नगरपालिका, माई नगरपालिकाका तीनवटा वडा र फाकफोकथुम, माङसेबुङ र चुलाचुली गाउँपालिका पर्छन् ।

    गएको स्थानीय तह निर्वाचनमा इलाम नगरपालिका र चुलाचुली गाउँपालिका कांग्रेसले जितेको छ। देउमाई, फाकफोकथुम र माङसेबुङमा एमाले विजयी बनेको थियो। २०७४ को निर्वाचनमा नेम्वाङले कांग्रेसका केशव थापालाई पराजित गरेका थिए । नेम्वाङले ३६ हजार ५ सय १४ मत ल्याउँदा थापाले २६ हजार आठ सय ६० मत पाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend