काठमाडौं– कांग्रेस नेता प्रकाशमान सिंहले आगामी ४ मंसिरको चुनावपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन्। सोमबार काठमाडौंको नयाँबानेश्वरमा आयोजित चुनावी कार्यक्रममा सिंहले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताएका हुन्।
उनले नागरिकको चाहनाअनुसारको शासन व्यवस्थामा सुधार, भ्रष्टाचार अन्त्य र विधिको शासन कायम गरेर समृद्धि हासिल गर्न कांग्रेस नेतृत्वको गठबन्धन सरकारले जिम्मा लिने दाबी गरे।
यी सबै काम कांग्रेस नेतृत्वको सरकारले मात्रै गर्न सक्ने उनको भनाइ छ। अवसर पाउँदा कसले के गरिरहेको छ र कसले के गरेन भनेर लेखाजोखा गर्न उनले मतदातालाई आग्रह गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।