आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीसँग महामन्त्री शर्माको जम्काभेट, दिए यस्तो दनक  

ओलीसँग महामन्त्री शर्माको जम्काभेट, दिए यस्तो दनक  

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ११ २०७९

  • 3.7K
    SHARES

  • ओलीसँग महामन्त्री शर्माको जम्काभेट, दिए यस्तो दनक  

    झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच झापाको भद्रपुरस्थित विमानस्थलमा जम्काभेट भएको छ। शुक्रबार झापाबाट काठमाडौं आउन लागेका शर्मा र ओलीबीच राजनीतिक विषयमा घोचपेचसमेत भएको छ। 

    भेटमा शर्माले झापामा एमालेलाई गाह्रो परेकाले धाइरहनु भएको भन्दै व्यंग्य गरेका थिए। जवाफमा ओलीले भने ढुक्कै भएर काठमाडौं फर्कन लाग्नु भएको भन्दै अर्को व्यंग्य कसे।  

    कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्दैछ। शर्मा घोषणापत्र मस्यौदा समितिका संयोजक हुन्। ओली पनि एमालेको घोषणापत्र मस्यौदा समितिका संयोजक हुन्। उनीहरू दुवै जना झापाबाटै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। शर्मा झापा–१ का कांग्रेस उम्मेदवार हुन् भने ओली झापा–५ मा एमाले उम्मेदवार छन्। 

    उनीहरूबीच घोषणापत्रका विषयमा समेत टीकाटीप्पणी भएको थियो। पार्टीको घोषणापत्र शनिबार सार्वजनिक गर्न लागिएकाले काठमाडौं जान लागेको शर्माले ओलीलाई बताएका थिए। ओलीले कांग्रेस(एमाले दुवै दलका घोषणापत्र झापाकै नेताहरुले तयार पार्ने भएछन् भनेर ठट्टा गरेका थिए।

    एमालेको घोषणापत्रका विषयमा शर्माले ओलीसँग सोधेका थिए। ओलीले १५ गते भनेपछि शर्माले कांग्रेसको भन्दा पछि आउने भएकाले एमालेलाई सजिलो हुने भन्दै ठट्टा गरेका थिए। तर ओलीले भने एमालेको घोषणापत्र प्रेसमा गइसकेको उल्लेख गर्दै कपी हुने सम्भावना नभएको जिकिर गरेका थिए। 

    दुई नेताबीच संसद विघटनबारे पनि कुराकानी भएको बताइएको छ। महामन्त्री शर्माले कुनै पनि दलले संसद विघटन नगर्ने प्रतिबद्धता गरे राम्रो हुने बताएका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १६ २०७७०९:१४:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend