आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले उम्मेदवारलाई हराउन खुलेरै लागे पूर्वमाओवादी नेताहरु 

एमाले उम्मेदवारलाई हराउन खुलेरै लागे पूर्वमाओवादी नेताहरु 

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ११ २०७९

  • 16.9K
    SHARES

  • एमाले उम्मेदवारलाई हराउन खुलेरै लागे पूर्वमाओवादी नेताहरु 

    काठमाडौं- आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले निकै ठूलो पराजय व्यहोर्ने भएको छ। नेकपा एमालेले तत्कालीन समयमा नेकपा एकताको निरन्तरताको रुपमा नेकपा माओवादीका नेताहरु केपी शर्मा ओलीसँग रहेका थिए। 

    नेकपा एमालेका अध्यक्ष ओलीले उनीहरुलाई समान अवसर र पहुँच उपलब्ध गराउने बताए पनि अवसरको वितरण गर्ने समयमा ओलीले पूर्व माओवादी नेताहरुलाई पाखा लगाएका छन्। जसको कारण यसपटकको निर्वाचनमा एमाले उम्मेदवारहरुलाई ठूलो नोक्सानी व्यहोर्नुपर्ने छ। 

    यसअघि पार्टीको आन्तरिक निर्वाचनमा पनि माओवादीका नेताहरुलाई एमालेका नेताहरुले पराजित गरेका थिए। जसका कारण पार्टी कमिटीमा पनि पूर्व माओवादीहरुको बाहुल्यता कमजोर हुँदै गएको छ।  

    निर्वाचनमा पनि नेकपा एमालेका नयाँ नेतृत्व चयनका लागि सुदूरपश्चिममा चुनाव भएका जिल्लामा पदाधिकारीका उम्मेदवार बनेका पूर्वमाओवादी नेताहरु पराजित भएका छन्। कैलाली, कञ्चनपुर र अछाममा पदाधिकारीमा पूर्वमाओवादी नेताहरु ‘क्लीन स्वीप’ भए। सहमतिका आधारमा कमिटी चयन भएका यहाँका अन्य जिल्लामा पनि पूर्वमाओवादीको प्रतिनिधित्व न्यून छ। 

    अहिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि सुदूरपश्‍चिममा लेखराज भट्टबाहेक कुनै पनि नेताले कुनै पनि तहमा उम्मेदवार बन्‍ने मौका पाएनन्। जसका कारण सुदूरपश्‍चिममा एमाले र माओवादीबीच नै द्वन्द्वको स्थिति पैदा भएका छ। 

    जसका कारण सुदूरपश्‍चिममा एमालेले पूर्वमाओवादी नेतालाई पराजित गर्ने भएका छन् भने अन्य क्षेत्रमा एमालेका उम्मेदवारलाई पूर्वमाओवादी नेताहरुले एमाले उम्मेदवारलाई पराजित गर्ने भएका छन्।


    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend