आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राष्ट्रवादी मुखुण्डो उत्रेपछि धर्ममा राजनीति गर्दै ओली, दुर्घटनामा पर्ने संकेत

राष्ट्रवादी मुखुण्डो उत्रेपछि धर्ममा राजनीति गर्दै ओली, दुर्घटनामा पर्ने संकेत

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ८ २०७९

  • 6.3K
    SHARES

  • राष्ट्रवादी मुखुण्डो उत्रेपछि धर्ममा राजनीति गर्दै ओली, दुर्घटनामा पर्ने संकेत

    काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटक आगामी चुनावका लागि धार्मिक कुरालाई एजेण्डा बनाउने भएका छन्। विगतका निर्वाचनमा राष्ट्रवादी नारा लगाउने ओलीको खोक्रो राष्ट्रवादको मुखुण्डो उत्रिएपछि उनी धर्ममा राजनीति गर्न थालेका हुन्। 

    २०७४ को निर्वाचनमा ०७२ मा भएको भारतको नाकाबन्दी डंका पिटेर आफू राष्ट्रवादी देखिएका थिए। आफ्नो राष्ट्रवादी एजेण्डामा जनतालाई भ्रममा पारेर आफू सफल देखिए पनि उनको त्यो राष्ट्रवाद खोक्रो भएको उनी सत्तामा आएपछि पुष्टि भयो। 

    २०७९ को निर्वाचनमा भने उनले धर्मका कुराहरुलाई साथमा लिएर जाने भएका छन्। उनले हिन्दुत्वको नारा लगाइरहेका कमल थापालाई साथमा लिएका छन् भने अर्कोतर्फ क्रिश्‍चिन प्रचारक एकनाथ ढकाललाई साथमा लिएका छन्। 

    नेपाल परिवार दलका अध्यक्षसमेत रहेका नेपालमा क्रिश्चियन प्रचारक ढकाललाई उनले समानुपातिक उम्मेदवारको दोस्रो सूचीमा राखेका छन्। जसका कारण एमालेभित्रै चर्को असन्तुष्टि रहेको छ। 

    त्यसैगरी ओलीले अर्कोतर्फ हिन्दुवादको नारा लगाइरहेका कमल थापालाई पनि प्रत्यक्षमा सूर्य चुनाव चिह्न दिएर सहयोग गरेका छन्। कमल थापाले आफ्नो पार्टीका अन्य सदस्यहरुलाई तीर चिह्नमा चुनाव लडाउँदै आफूले सूर्य समातेका हुन्। 

    ओलीले हिन्दु र क्रिश्च‍ियनलाई सन्तुलनमा लैजाने रणनीति बनाए पनि उनको यो रणनीति असफल भएर तालमेल नै दुर्घटनामा पर्ने देखिन्छ। कमल थापालाई बोकेको भन्दै मकवानपुरमा एमालेले विद्रोह गरेको छ। जसका कारण कमल थापाले एमालेबाट साथ पाउने सम्भावना छैन। 

    त्यसैगरी एमालेबाटै एकनाथविरुद्ध चर्को विरोध भइरहेका कारण अर्को पार्टीको अध्यक्षलाई समानुपातिकमा राख्‍न नहुने भन्दै अदालत जाने एमाले स्रोतको दाबी छ। जसका कारण ओलीको उक्त रणनीति असफल हुने देखिन्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०८:३७:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend