आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस उम्मेदवार विनोद चौधरी विपन्नको घरघरमा, हृदयेश त्रिपाठीलाई चुनाव हार्ने डर

कांग्रेस उम्मेदवार विनोद चौधरी विपन्नको घरघरमा, हृदयेश त्रिपाठीलाई चुनाव हार्ने डर

  • मिडिया डबली
  • बुधवार, कार्तिक २ २०७९

  • 3.8K
    SHARES

  • कांग्रेस उम्मेदवार विनोद चौधरी विपन्नको घरघरमा, हृदयेश त्रिपाठीलाई चुनाव हार्ने डर

    काठमाडौं– सधैं मधेसी जनताको दुहाई दिने तर चुनाव जितेर गएपछि माखो नमार्ने हृदयेश त्रिपाठी यसपटक निकै तनावमा परेका छन् । नवलपरासी–१ का उम्मेदवार त्रिपाठी यसपटक जनता प्रगतिशील पार्टीबाट चुनाव लडेका छन् । अघिल्लो निर्वाचनमा एमालेको सूर्य चुनाव चिन्ह लिएर उनी विजयी भएका थिए । तर यसपटक उनी आफ्नै पार्टीको चुनाव चिन्हको बलमा मैदानमा उत्रेका छन् । 

    विगतमा बलिया र चर्चित उम्मेदवार नहुँदा त्रिपाठीले बाजी मार्दै आएका थिए । तर यसपटक उनीविरुद्ध नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवं अर्बपति विनोद चौधरीलाई नवलपरासी १ बाट उम्मेदवार बनाएको छ । नेपालका एक मात्र खर्बपति चौधरीको इन्ट्रीसँगै त्रिपाठीको ओठतालु सुकेको छ । हुन त त्रिपाठीलाई एमालेले आफ्नो पार्टीका उम्मेदवार फिर्ता बोलाएर सघाउने नीति लिएको छ । तर, एमालेको त्यही नीति चौधरीका लागि फाइदा हुने देखिएको छ । 

    त्यसमा पनि चौधरी अहिले हिँडेर गाउँगाउँ पुगिरहेका छन् । उनी मोटरसाइकलको पछाडि पुगेर मतदातालाई भेट्ने, उनीहरूको समस्या र गुनासो बुझ्ने काम गरिरहेका छन् । विपन्नको बस्तीमा पुगेर चौधरीले सँगै खाना खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । जसलाई लोकतन्त्रको सुन्दर पक्ष भन्दै सबैतिर प्रशंसा भइरहेको छ ।

    आफूभन्दा पनि हेभिवेट नेता प्रतिस्पर्धामा उत्रेपछि त्रिपाठीको सातो गएको छ । चौधरीको इन्ट्रीसँगै आधा मनोबल गिराएका त्रिपाठी मंसिर ४ गतेसम्म फेस गर्ने अवस्थामा नहुने नवलपरासी १ का जनताले बताउन थालेका छन् । किनभने चौधरी उद्योगपति मात्र होइनन्, राम्रा मोटिभेसनल स्पिकर र दूरद्रष्टा पनि हुन् । उनले चाहेमा नवलपरासी १ मा दर्जनौं उद्योग खोलेर रोजगारी दिलाउन सक्छन् । अहिले पनि उनले हजारौंलाई रोजगारी दिइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend