आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रभु शाहको कमाण्डमा एमालेविरुद्ध १७ सिटमा बागी, तनावमा ओली !

प्रभु शाहको कमाण्डमा एमालेविरुद्ध १७ सिटमा बागी, तनावमा ओली !

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १ २०७९

  • 5.7K
    SHARES

  • प्रभु शाहको कमाण्डमा एमालेविरुद्ध १७ सिटमा बागी, तनावमा ओली !

    काठमाडौं- नेकपा माओवादी केन्द्रबाट पार्टी एकीकरणकै निरन्तरता भन्दै केपी शर्मा ओली नेतृत्वको एमालेमै बसेका प्रभु शाहले अन्तत: एमाले परित्याग गरेका छन्। मधेश प्रदेशमा राम्रो पकड भएका शाहले चुनावको मुखमा एमाले छोडेपछि ओलीलाई ठूलो झट्का लागेको छ। 

    यद्पि ओलीले भने नेता शाहले आफूलाई धोका दिएको दाबी गरेका छन्। तर, वास्तवमा ओलीले टिकट वितरणमा पार्टीका स्थायी कमिटीसमेत रहेका शाहलाई नसोधी उनको जिल्लाको टिकट वितरण गरिएपछि उनी आक्रोशित बनेका हुन्। 

    विगतमा एक्लै चुनावी मैदानमा होमिने बताएका ओलीले अन्तिम समयमा चिनियाँहरुको दबाबमा चिनियाँ एजेन्ट उपेन्द्र यादवसँग गठबन्धन गरेपछि प्रभु शाह आक्रोशित बने। यसअघि अध्यक्ष ओलीले भने जसपा र उपेन्द्र यादवको चर्को आलोचना गर्दै मंसिरमा हुने चुनावमा एमाले एक्लै मैदानमा जाने बताएका थिए। 

    तर, अन्तिम समयमा भने चिनियाँहरुको डिजाइनमा मधेसी जनताको नाममा राजनीति गर्ने र मधेसी जनतामाथि नै अन्याय गरिरहेका उपेन्द्र यादवलाई साथमा बोकेर हिँड्ने भएपछि प्रभु शाहले ओलीको साथ छोडेका हुन्। उनले स्वतन्त्र उम्मेदवारी दिए र एमालेले दिएको टिकट पनि लत्याइ दिएका हुन्। 

    ओलीसँग आक्रोशित बनेका शाह समूहले मधेस प्रदेशसभामा १७ स्थानमा बागी दिएको छ। एमाले स्थायी समिति सदस्य साहले पार्टीको टिकट लत्याएर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। माओवादी छाडेर दुई वर्षअघि एमाले प्रवेश गरेका साहलाई सत्ता गठबन्धनले समर्थन गरेको छ।

    उनले मधेस प्रदेशका ८ जिल्लामा जिल्ला संयोजकसमेत तोकेका छन्। एमालेमा उम्मेदवारलाई पराजित गर्न उनले स्वतन्त्र जिताउ अभियानसमेत घोषणा गरेका छन्। 

    उनले  समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्‍न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन अभियान घोषणा गरेका हुन्। अभियानलाई तीव्रता दिनका लागि पूर्वमन्त्री साहले मधेश प्रदेशका ८ वटै जिल्लाको संयोजक (कमाण्डर) तोकेका छन्। 

    आइतबार एक वक्तव्य जारी गर्दै अभियानका संयोजक प्रभु साहले ८ जिल्लाको संयोजक तोकेको जानकारी दिएका हुन्। अभियानको जिल्ला संयोजकका रुपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह 'अमर', सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई जिम्मेवारी तोकिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend