काठमाडौं-एमालेमा पैसावाल एक उम्मेदवारको कुकृत्य सार्वजनिक भएको छ । यसअघि प्रदेश सभा सदस्य रहेका नुवाकोट १ का एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री मैनालीमाथि भोट किन्न पैसा बाँडेको उजुरी परेको छ ।
मतदातालाई पैसा बाँडेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले प्रष्टीकरण सोधेको छ । औषधि उपचारको बहानामा नगद वितरण गरेको र उक्त कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल भएको भन्दै आयोगमा उजुरी परेको थियो । ‘तपाईंले मतदातालाई नगदै वितरण गर्नु भएको हो, होइन ? तपाईंले मतदातालाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो ?’ आयोगले सोधेको प्रष्टीकरणमा भनिएको छ । तीन दिनभित्र स्पष्टीकरण पेस गर्नू आयोगले भनेको छ । तर, मैनालीले अहिलेसम्म प्रस्टीकरण नबुझाएको आयोग स्रोतले बतायो ।
नुवाकोट १ मा मैनालीका प्रतिस्पर्धामा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी छन् । यसपटक सत्तारुढ गठबन्धनले १ मा कांग्रेस र २ मा माओवादीको उम्मेदवार उठाएको छ । नुवाकोट कांग्रेस र माओवादीको प्रभाव भएको जिल्ला हो । त्यसैले यसपटक एमाले उम्मेदवार मैनाली पैसाकै बलमा चुनाव जित्न सकिन्छ कि भनेर लागिपरेका छन् । मैनाली ठेकेदार पनि हुन् ।
पछिल्लो समय एमाले नुवाकोटमा मैनालीको दबदबा छ । पैसा भए जे पनि हुन्छ भन्दै उनले केन्द्रमा अध्यक्ष केपी ओलीलाई प्रभावमा पार्दै आएका छन् । तर, अहिले नै पैसा बाँडेको आयोगमा उजुरी परेपछि निर्वाचनको दिनसम्म उनको पक्षमा माहोल बिग्रिने निश्चित देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।