काठमाडौं– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले पार्टी छाडेका छन्। जनता समाजवादी पार्टी (जसपा)सँग एमालेले चुनावी तालमेल गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेका हुन्।
जसपा अध्यक्ष उपेन्द्र यादवले देशको कहिले हित नचाहने व्यक्ति भएको आरोप उनले लगाएका छन्। ‘उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी (जसपा)सँग एउटा राष्ट्रवादी पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको हित नचाहने भारतको इशारामा नेपालमा आफ्नो गतिविधि गर्ने एउटा साम्प्रदायिक पार्टीसँग जनताको मागविपरीत गरेको गठबन्धन देश र जनताको पक्षमा नभई विदेशी स्वार्थमा गरिएको हुनाले म आजको दिनबाट एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको जानकारी गराउँछु,’ उनले विज्ञप्ती मार्फत भनेका छन्।
उनले अब स्वतन्त्र भइ देश र जनताको हितमा रही काम गर्ने प्रतिबद्धता समेत गरेका छन्। उनी उनी एमालेका सर्लाही जिल्ला सह–ईन्चार्ज हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।