काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।
नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको जानकारी गराएका हुन् ।
गठबन्धनका दलले हिजो मंगलबार नै निर्देशन दिएर आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर केही नेताले उम्मेदवारी फिर्ता नलिएकाले कांग्रेसको विधान र आन्तरिक कानुनअनुसार पाँच वर्षका लागि निष्कासन गरिएको पौडेलेले बताए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।