आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलले भोलि ओलीलाई मुखभरिको जवाफ दिने

भीम रावलले भोलि ओलीलाई मुखभरिको जवाफ दिने

  • मिडिया डबली
  • बुधवार, आश्विन २६ २०७९

  • 2.7K
    SHARES

  • भीम रावलले भोलि ओलीलाई मुखभरिको जवाफ दिने

    काठमाडौं- एमाले नेता भीम रावलले बिहीबार पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष केपी ओलीलाई आफूलाई उम्मेदवार नबनाएको विषयमा धारणा सार्वजनिक गर्ने भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा ओलीले उम्मेदवार नबनाए पनि रावल अहिलेसम्म मौन बस्दै आएका थिए । उनले उचित समयमा पार्टीभित्रको पछिल्लो गतिविधि र त्यसमा आफ्नो पोजिसनबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताउँदै आएका थिए । 

    उनले बिहीबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वटमा पत्रकार सम्मेलन आयोजना गरेका छन्। उनले आफ्नो आगामी राजनीतिक यात्राबारे पनि त्यहीँ खुलाउने बताएका छन् ।

    रावलले बुधबार प्रेस नोट जारी गर्दै आगामी ४ मंसिरमा हुने निर्वाचनमा अछाम जिल्ला कार्यसमिति, प्रदेश, जिल्ला, वडा, पालिका, निर्वाचन क्षेत्र सबैतिरबाट एकल नाम सिफारिस भए पनि केन्द्रले सिफारिस नभएका व्यक्तिलाई उम्मेदवार बनाएको विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएका हुन् । 

    रावलले पछिल्लो समय पार्टीले वितरण गरेको टिकटबारे असन्तुष्टि जनाउँदै आएका छन् । उनले एमालेले कमल थापालाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिएको, जसपा सरकार र विपक्षी दुवै गठबन्धनमा रहेकोमा आपत्ति जनाएका छन् । त्यस्तै, प्रभु साहका सम्बन्धमा एमाले नेतृत्वले लिएको नीतिको पनि उनले आलोचना गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend