रुपन्देही– नेकपा एमालेको नेतृत्वको कमजोरीका कारण राष्ट्रियसभामा एमालेको एक सीट गुमेको छ । पार्टीका शीर्ष नेताहरुले टिकट बाँडफाँटमा ध्यान नपुर्याउँदा राष्ट्रियसभामा एमालेको एक सीट गुमेको हो ।
राष्ट्रियसभामा एमालेका सचेतक खिमलाल भट्टराईको पद पनि गुमेको छ, भने रुपन्देही ५ मा उम्मेदवार पनि पाउन सकेनन् । रुपन्देहीको क्षेत्र नं। ५ मा अन्ततः नेकपा एमालेबाट वासुदेव घिमिरेको उम्मेदवारी कायम भएपछि भट्टराई अलपत्र परेका छन् ।
उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट निर्वाचन लड्नका लागि शनिवार अपराह्न नेकपा एमालेले लुम्बिनी प्रदेश सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख वासुदेव घिमिरेलाई टिकट दिएकोमा आइतबार दिउसो उनको टिकट खोसेर खिमलाल भट्टराईलाई दिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।