काठमाडौँ- सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले जितेकी छन् ।
राष्ट्रिय नाचघर जमलमा आइतबार आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डंगोलले मिस टिन नेपालको १८ औँ संस्करणको ताज जितेकी हुन् । प्रतियोगितामा सुस्मिता अधिकारी फर्स्ट रनरअप र सुस्जिता पौडेल सेकेण्ड रनर अप भइन् ।
काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारीले जितिन् । हेल्दी बेस्ट स्किनको अवार्ड पूजा वली, नामी मिस इन्टेलेक्चुअलको अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइरालाले जितिन् ।
त्यस्तै एनआइसी एसिया मिलनसार अवार्ड सुस्मिता अधिकारी, केटिएम रस बेस्ट वाक सुम्निमा पुरी र कुण्डलिनी ब्यांक्वेट मिस ट्यालेन्टको अवार्ड परिका भण्डारीले जितिन् ।
मिस टिनले क्राउनसहित नगद ३० हजार , फस्र्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार प्राप्त गरे । उनीहरुले विभिन्न सामाजिक कार्य र परियोजनामा काम गर्ने अवसर समेत प्राप्त गर्ने आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए ।
प्रतियोगिताले किशोरीहरूको सामाजिक सांस्कृतिक वृत्ति विकासमा मद्दत गरेको उनको भनाई छ ।




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।