काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) भोजपुरका कोषाध्यक्ष अगमसिंह राई नेपाली कांग्रेस प्रवेश गरेका छन्। राई शुक्रबार कांग्रेस प्रवेश गरेका हुन्। रुद्राक्ष व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका राईलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरे।
पार्टी प्रवेश गर्दै राईले महामन्त्री थापा प्रति ठूलो आशा र भरोसा रहेको बताए। उनले भने, ‘महामन्त्री ज्यू, हामी तपाईको विश्वास र भरोसाका साथ कांग्रेस प्रवेश गरेका छौं। हामीलाई विश्वास छ, महामन्त्रीज्यूले कांग्रेसलाई जनताको पार्टी बनाउनु हुनेछ।’

सफल व्यवसायीको परिचय बनाएका राई भोजपुरमा लोकप्रिय मानिन्छन्। उनीसँगै युवा उद्यमी दीपबहादुर राई पनि कांग्रेस प्रवेश गरेका छन्। उनीहरुलाई महामन्त्री थापासँगै कांग्रेस भोजपुरका सभापति विनोद वान्तवा, सचिव सफल किँरात, तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष उत्तमकुमार चापागाईँ लगायतका नेताहरुले स्वागत गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।