लसएञ्जल्स - ग्रामी अवार्ड विजेता र्यापर कार्डी बीलाई बिहीबार न्यूयोर्कको एक स्ट्रिप क्लबमा कुटपिट गरेको एक वर्ष पुरानो मुद्धामा दोषी ठहराइएको छ । उनले सजाय स्वरुप १५ दिनसम्म सामुदायिक सेवा गर्नुपर्नेछ ।
२९ वर्षकी कार्टीले सामुदायिक सेवाको शर्त स्वीकारेकी छन् । किनकी यो मुद्धा अदालतले ट्रायलमा लैजाने तयारी गरिरहेको थियो र यसमा सजाय पनि हुने सम्भावना थियो ।
कार्डी न्यूयोर्ककी हुन् र उनको वास्तविक नाम बेल्कालिस अल्मनसार हो । कार्डी सन् २०१८ अगष्टमा भएको झगडाको दुई मामलामा दोषी ठहरिएकी हुन् । उनीविरुद्धको अन्य १० मामलालाई खारेज गरिएको छ । अदालतले दुई प्रतिवादीलाई दोषी ठहराएको छ ।
सरकारी वकिलका अनुसार कार्डीमाथि एन्जिल्स स्ट्रिप क्लबका कर्मचारीमाथि कुटपिटको आरोप छ । बारटेण्डरबाट भएको झगडामा कुर्सी, बोतल र हुक्काको पाइपबाट कर्मचारीलाई कुटपिट गरिएको थियो । जसबाट कर्मचारीमध्ये केहीलाई सामान्य र केहीलाई गम्भीर चोट लागेको थियो ।
क्वीन्स डिस्ट्रिकको अटर्नीले काडीलाई दोषी ठहराउँदै कोही पनि कानूनभन्दा माथि नरहेको बताएको थियो । अटर्नीले कार्डीलाई सजायभन्दा पनि सामुदायिक कामका लागि उपयुक्र्त हुने भन्दै निर्णय सुनाएको हो । यद्यपि सन् २०१९ मा कार्डीले यस्तै किसिमको सम्झौता अस्वीकार गरेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।