पहिलो इन्डो- नेपाली द्विभाषी चलचित्रको रुपमा निर्माण भएको प्रेम गीत ३ को कलाकार प्रमोशनका लागि शुक्रबार कोलकाता पुगेका थिए ।
प्रदिप खड्का र क्रिस्टिना गुरुङले अभिनय गरेको प्रेम र गीतको प्रेमकथालाई पछ्याइएको यो एक्सन ड्रामा आगामी सेप्टेम्बर २३ मा हलमा रिलिज हुँदैछ ।
सन्तोष सेनले निर्देशन गरेको तथा सुभाष काले र प्रशान्त गुप्ताले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा इन्डियन आइडल १२ का विजेता पवनदीप राजनले संगीत दिएका छन् ।
चलचित्रको प्रमोशनका क्रममा शुक्रबार चलचित्रका कलाकार भिक्टोरिया मेमोरियल पुगेका थिए । यो फिल्म प्रेम गीत फ्रेन्चाइजको फलोअप हो, जसले अहिलेसम्म दुईवटा ब्लकबस्टर - प्रेम गीत १ र २ निर्माण गरिसकेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।