भैरहवा - नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौँ बैठकले केन्द्रीय सदस्य खाणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।
क्षेत्र नम्बर २ बाट पनि सिफारिस परेको खाण अघिल्लो पटक समानुपातिकमा बसेका थिए । क्षेत्र नम्बर २बाट नेकपा एमालेका बलिया नेताको रुपमा विष्णु पौडेललाई एमालेले सिफारिस गरेपछि क्षेत्र नम्बर ३बाट पनि प्रत्यक्ष लड्ने तयारीमा खाण रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।