आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओखलढुंगामा रामहरी खतिवडासँगै क–कसको नाम भयो सिफारिस? 

ओखलढुंगामा रामहरी खतिवडासँगै क–कसको नाम भयो सिफारिस? 

  • मिडिया डबली
  • शनिवार, भाद्र १८ २०७९

  • 4.3K
    SHARES

  • ओखलढुंगामा रामहरी खतिवडासँगै क–कसको नाम भयो सिफारिस? 

    काठमाडौं । मंसीर–४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगा कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ। शनिवार ओखलढुंगा कांग्रेसले प्रतिनिधिसभा र प्रदेसभा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो।

    प्रतिनिधिसभा प्रत्यक्ष तर्फ कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सांसद रामहरी खतिवडा, केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति प्रदीप कुमार सुनुवार, महाधिवेशन प्रतिनिधि खिलानाथ दाहाल र संविधानसभा सदस्य बालकृष्ण दाहालको नाम सिफारिस भएको छ।  

    यस्तै समानुपातिक तर्फ पूर्व जिल्ला सभापति महेश कुमार कोर्मचा, पूर्व जिल्ला सभापति गोमा केसी र पत्रकार बाला अधिकारीको नाम सिफारिस भएको छ। अपांग तर्फ भने टेकराज भट्टराईको नाम सिफारिस गरिएको छ। आदिवासी जनजाती तर्फ हेमालक्ष्मी राईको नाम सिफारिस भएको हो।

    प्रदेशसभा (क) प्रत्यक्ष तर्फ गंगाबहादुर कार्की, राजकुमार ढुंगाना, सर्वधन तामाङ र नविन राईको नाम सिफारिस गरिएको छ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend