काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले आउँदो ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र कांग्रेसकै नेतृत्वमा आगामी निर्वाचनपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाले बताएका हुन्।
प्रशासन व्यवस्थापन र विकास केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले केही दिनभित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँटको विषयमा टुंगोमा पुग्ने दाबी गरे। गठबन्धन दलहरुबीच सिट बाँडफाँड टुंगिनेबित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुटिने उनको भनाइ छ।
उनले भने, ‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि निर्वाचनको तयारीमा जुट्दै छौं । गठबन्धन भएकाले को, कहाँबाट लड्नेरु त्यसको तालमेल मिलाउँदै छौं। केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ। त्यसपछि चुनावी अभियान सुरु हुन्छ। यस पटक निर्वाचन पनि जित्छौं। हाम्रै नेतृत्वमा सरकार बन्छ।’
महामन्त्री थापाले कांग्रेसबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउन पार्टीले केही दिनभित्रै ‘स्थानीय सरकार सबलीकरण तथा अनुगमन इकाइ’ गठन गर्ने तयारी भइरहेको सुनाए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।