आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको चुनावी फन्डाः बाहिर बाहिर आफ्नो बहुमत आउँछ भन्ने, भित्रभित्र कांग्रेसलाई उकास्ने

एमालेको चुनावी फन्डाः बाहिर बाहिर आफ्नो बहुमत आउँछ भन्ने, भित्रभित्र कांग्रेसलाई उकास्ने

  • मिडिया डबली
  • मंगलवार, भाद्र १४ २०७९

  • 4.5K
    SHARES

  • एमालेको चुनावी फन्डाः बाहिर बाहिर आफ्नो बहुमत आउँछ भन्ने, भित्रभित्र कांग्रेसलाई उकास्ने

    काठमाडौं । देश आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोलमा होमिइसकेको छ । प्रायः सबै राजनीतिक दल चुनाव केन्द्रित भएका छन् । विगतमा यतिबेला चुनावको रमझम भइसक्थ्यो । तर, यसपटक ठूला दलबीच गठबन्धन कायम भएकाले अझै चुनावी रौनक सुरु भइसकेको छैन । फेरि वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणामले पनि दलहरूलाई खुलेर चुनावी अभियानमा लाग्न ब्रेक लगाएको छ ।

    तर पनि दलहरू आन्तरिक हिसाबकिताबमा लागेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपाका साथै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला आन्तरिक अभियानमा लागेका छन् । कांग्रेस र एमाले भने जिल्ला जिल्ला पुगिसकेका छन् । तर, अन्य दल भने खुलेर प्रस्तुत हुन सकेका छैनन् । 

    यो देशमा सरकार बनाउने भनेकै कांग्रेस र एमालेले हो । त्यसैले यी दुई दलले के कस्ता रणनीति अख्तियार गर्लान् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ । कांग्रेस र एमालेले केन्द्रीय समिति बैठकसमेत सकिसकेका छन् । र, अब जिल्ला जिल्लामा जाने रणनीति बनाएका छन् ।

    यतिबेला सबैभन्दा ठूलो सकसमा कांग्रेस र एमाले नै परेका छन् । किनभने कुनै गठबन्धन नगरी चुनावमा जाने हो भने कांग्रेस एक्लैले ८० सिट प्रत्यक्षमा जित्ने अनुमान गरिएको छ । तर, कांग्रेसलाई पाँचदलीय गठबन्धनले साह्रै ठूलो सकसमा पारेको छ । यही तथ्य बुझेर अहिले एमाले नेताहरूको निदहराम भएको छ ।

    प्रदेश १, मधेस र बागमती प्रदेशमा सबैभन्दा धेरै सिट कांग्रेसले जित्ने एमालेको आन्तरिक प्रक्षेपण छ । एमाले अहिलेसम्म लुम्बिनी प्रदेशमा मात्र अगाडि देखिएको छ । एमाले बलियो भनिएको गण्डकीमा पनि कांग्रेसको संगठन सुदृढ भएको एमाले विश्लेषण छ । एमालेले कुनै गठबन्धन नगरी सबै दल एक्लाएक्लै चुनावमा गए कांग्रेसले ३२ सिट भएको मधेस प्रदेशमा २० सिट जित्ने प्रक्षेपण गरेको छ । बागमती प्रदेशमा सात–आठ सिटबाहेक सबै कांग्रेसले जित्ने एमाले नेताहरू बताउँछन् । 

    स्रोतका अनुसार एमालेले चितवन, दोलखा र धादिङमा मात्र आफू बलियो भएको प्रक्षेपण गरेको छ । उसले सिन्धुपाल्चोकमा एक, काभ्रेमा मुस्किलले एक, काठमाडौं, मकवानपुर, नुवाकोट र ललितपुरमा शून्य, रसुवा र भक्तपुरमा पनि कांग्रेसले जित्ने आन्तरिक विश्लेषण गरेको छ । रामेछाप र सिन्धुलीमा एक सिट कांग्रेसले जित्ने एमाले नेताहरू नै बताउँछन् । सुदू्ररपश्चिम प्रदेशमा एमालेको भोट एकीकृत समाजवादीले काट्ने भएकाले कांग्रेस त्यहाँ पनि ठूलो दल बन्न सक्ने अनुमान गरेको छ । सोही कारण यतिबेला एमाले नेताहरू मुखले आफ्नो बहुमत आउँछ भन्ने भित्रभित्र कांग्रेसलाई गठबन्धन नगरी एक्लै चुनाव लड्न उकासिरहेका छन् । यदि कुनै गठबन्धन भएन भने दोस्रो ठूलो दल आफू बन्ने एमालेको रणनीति छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend