आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डडेल्धुरामा देउवाले भारी मतान्तरले जित्ने पक्का, यस्तो छ तथ्यांक 

डडेल्धुरामा देउवाले भारी मतान्तरले जित्ने पक्का, यस्तो छ तथ्यांक 

  • मिडिया डबली
  • आइतवार, भाद्र १२ २०७९

  • 3.8K
    SHARES

  • डडेल्धुरामा देउवाले भारी मतान्तरले जित्ने पक्का, यस्तो छ तथ्यांक 

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ देखि लगातार प्रतिनिधिसभा सदस्य निर्वाचित भइरहेका छन्। देउवाले यो पटक गठबन्धनका कारण मतान्तर धेरै फराकिलो बनाउने सम्भावना बढेको छ।

    कांग्रेस, माओवादी, नेकपा एस र जसपाले स्थानीय तहमा पाएको मतलाई आधार मान्दा गठबन्धनको मत ३९,८१० हुन्छ। विपक्ष एमालेको मत १०,४४९ हो। त्यो पनि डडेल्धुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्ल रहेको बीपी कांग्रेससँग गठबन्धन गरेका कारणले बढेको जानकारहरू बताउँछन्।

    स्थानीय तहमा अहिले राजनीतिक दलहरूले प्राप्त गरेको मतभार विश्लेषण गर्दा प्रधानमन्त्री देउवालाई जित निकाल्न सहज देखिन्छ। कांग्रेसका बागी विद्रोहीको चुनौतीलाई समेत परास्त गरेर देउवा कांग्रेस, एमाले र माओवादीलगायतका दल अलग–अलग चुनावी प्रतिस्पर्धा गर्दासम्म उनलाई जित्न सहज देखिन्छ । २०७४ मा वाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई ६ हजार ९२९ मतान्तरले पराजित गरेका थिए । देउवाले २८,०४४ मत ल्याएका थिए भने भट्टले २१,११५ मत प्राप्त गरेका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend