काठमाडौं । ओखलढुंगा जिल्ला नेपाली कांग्रेस चिशन्खुगढी गाउँ पालिकाद्वारा आयोजित ‘जनताको साथमा कांग्रेस’ राष्ट्रिय अभियानको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेस विधि र बिधानले चल्ने पार्टी भएकोले सबै कार्यकर्ताले सिस्टमलाई चल्नुपर्ने बताएका छन्।
कांग्रेसले हार्दा ओखलढुंगाको सबै विकासर हारेको उनको भनाइ छ। ‘७० सालमा कांग्रेसले जित्दा दुधकोशी हाइड्रोपावर जस्तो राष्ट्रिय योजनाहरु शुरु गर्यो । लिखु एकवार, दुधकोशी एकवार, मोलुङ एकवार जस्ता योजनाहरुको शुरूवात गर्यो। तर यी आयोजना रोकिएका छन्,’ उनले भने, ‘अहिलेको युग डिजिटल भएकोले एउटा एपको सहराले संसारलाई यहीँ बसेर हेर्न र खोज्न सक्छौं । त्यहीँ एप तपाईं जनप्रतिनिधि साथिहरु हुनुहुन्छ, सेवाग्राही धेरै भन्दा धेरै सेवाहरु उपलब्ध गराउनु जसको कारणले धेरैले डाउनलोड गर्नुस्। तपाई जनप्रतिनिधि साथिहरु जनताहरुसङ जोडिएर, नयाँ साथीहरूलाईसँगै लिएर हिड्नुस्, जसको कारणले काङ्ग्रेसको संगठन बलियो होस् ।’
फरक आस्था र सिद्धान्त भएको सबै पार्टीहरुलाइ शेर बहादुर देउवाले मिलाएर राखेको उनको भनाइ छ। ‘शेर बहादुर देउवाको बोली बुझिन्दैन, काम बुझिन्छ। तर केपी ओलीको बोली बुझिन्छ काम बुझिन्दैन। शेर बहादुर देउवा प्रधानमन्त्री भए पछि किड्नी पिडित, स्पानलकड इनजर्द लगाएत धेरै रोग लागेकोलाई हरेक महिना ५००० दिने निर्णय गरेको छ,’ उनले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।