सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

नागरिकता विधेयकले राष्ट्रपति नैतिक संकटमा परेपछि ओली देउवा भेट्न पुगे बालुवाटार

नागरिकता विधेयकले राष्ट्रपति नैतिक संकटमा परेपछि ओली देउवा भेट्न पुगे बालुवाटार

  • मिडिया डबली
  • बुधवार, भाद्र ८ २०७९

  • 8.6K
    SHARES

  • नागरिकता विधेयकले राष्ट्रपति नैतिक संकटमा परेपछि ओली देउवा भेट्न  पुगे बालुवाटार

    काठमाडौं - नागरिकता विधेयकका कारण राष्ट्रपति विद्यादेवी भण्डारी नैतिक संकटमा परेकी छन् ।

    प्रतिनिधिसभा र राष्ट्रिय सभाले बहुमतले पारित गरेको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी सन्देशसहित संसद्मै फिर्ता पठाएकी थिइन् ।

    तर, राष्ट्रपतिले फिर्ता पठाएको विधेयक गठबन्धन सरकारले एक अक्षर पनि थपघट नगरी जस्ताको तस्तै प्रतिनिधिसभाबाट पारित गरेका छन् । भदौ १२ गते बस्ने राष्ट्रिय सभाबाट पनि सो विधेयक पारित गर्ने र प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउने तयारी छ ।

    संसद्ले नागरिकता विधेयक जस्ताको तस्तै पारित गरी प्रमाणीकरण गर्न शीतल निवास पठाउने भएपछि राष्ट्रपति भण्डारी चरम संकटमा परेकी हुन् । अब उनी विधेयक प्रमाणीकरण गर्ने कि राजीनामा दिएर शीतल निवासबाट बाहिरिने भन्ने द्विविधामा परेकी छन् ।

    यतिबेला उनी केही दरबारिया कानुन व्यवसायी र कथित नागरिक समाजका अगुवासँग विधेयकबारे परामर्शमा जुटेकी छन् । खासगरी अहिले राष्ट्रपति भण्डारीलाई केही मण्डले र एमालेका नेताले उचालिरहेका छन् ।

    जसकारण उनी राजीनामा दिने मनस्थितिमा रहेको भनेर समाचार बाहिर ल्याइएको छ । नागरिकता विधेयकमा दोहोरो चरित्र देखाएकाले आगामी निर्वाचनमा मधेस प्रदेशमा एमाले बढारिने निश्चित छ ।

    राष्ट्रपतिले राजीनामा दिएर बाहिरिने संकेत दिएपछि सम्भावित दुर्घटना हुन नदिन एमाले अध्यक्ष केपी ओली सक्रिय भएका छन् । ओली बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।

    ओलीले प्रधानमन्त्री देउवासँग आगामी निर्वाचनसम्म नागरिकता विधेयक अघि नबढाउन र हाललाई स्थगन गर्न प्रस्ताव गरेको स्रोतले बतायो ।

    एमालेकै आग्रहका कारण सभामुखले एक साताका लागि प्रतिनिधिसभा बैठक पर सारेका छन् । प्रधानमन्त्री देउवाले भने यस विषयमा गठबन्धन दलका नेताहरूसँग छलफल गर्ने जवाफ दिएको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend