आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कुन्दन काफ्लेले दिए एमालेलाई दनक, सत्य कुरा बाहिर ल्याएपछि खुसियाली 

कुन्दन काफ्लेले दिए एमालेलाई दनक, सत्य कुरा बाहिर ल्याएपछि खुसियाली 

  • मिडिया डबली
  • मंगलवार, भाद्र ७ २०७९

  • 3.8K
    SHARES

  • कुन्दन काफ्लेले दिए एमालेलाई दनक, सत्य कुरा बाहिर ल्याएपछि खुसियाली 

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नागरिकतामा चुनावी खेती गर्न लागिएको आरोप लगाएका छन्। सोमबार फेसबुक स्टाटस लेख्दै काफ्लले नागरिकता विधेयकमा हुँदै नभएका प्रावधानका विषय उठाएर भ्रम छर्ने कोसिस भइरहेको उनको आरोप छ। 

    खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नागरिकता विधेयकका विषयमा भ्रम छर्ने कोसिस गरेको उनको आरोप छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मालगायत नेताहरूले नागरिकता विधेयकका विषमया कटुटिप्पणी गर्दै आएका छन्। 

    ‘नागरिकता विधेयकमा नभएको प्रावधान देखाएर भ्रम छर्ने काम भइरहेको छ। बहसलाई अन्तै विकेन्द्रीत गरि मेची–महाकालीका कैयौं नागरिकता विहीन नेपालीलाई अझै पनि नागरिकता नदिई उनीहरुमाथि चुनावी खेती स्वरुप राजनीति गर्न खोजिँदैछ,’ कुन्दनको फेसबुक स्टाटसमा उल्लेख छ। 

    संसदले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संसदमा नै फिर्ता पठाएपछि संसदले पुनः जस्ताको तस्तै पारित गरेको छ। 

    नागरिकता विधेयकका विषयमा भरहेका भ्रम चिर्न आवश्यक रहेको उनले विधेयकका सम्बन्धन फैलाइएका भ्रम र यथार्थ बुझ्नुपर्ने उल्लेख गरेका छन्। उनले ‘नागरिकता विधेयकसम्बन्धी भ्रम र यथार्थ’ शीर्षकमा दुईपन्ने अपिल समेत जारी गरेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend