आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनावको मुखैमा पाल्पामा एमालेलाई ठूलो झट्का, दर्जनौं प्रभावशाली नेता लागे लाखापाखा

चुनावको मुखैमा पाल्पामा एमालेलाई ठूलो झट्का, दर्जनौं प्रभावशाली नेता लागे लाखापाखा

  • मिडिया डबली
  • आइतवार, भाद्र ५ २०७९

  • 3.0K
    SHARES

  • चुनावको मुखैमा पाल्पामा एमालेलाई ठूलो झट्का, दर्जनौं प्रभावशाली नेता लागे लाखापाखा

    बुटवल ।  पाल्पामा पूर्व मेयर र उपमेयरसहित नेकपा एमालेका १७ जना नेता नेकपा एकीकृत समाजवादी ९एस०मा प्रवेश गरेका छन्।

    तानसेन नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार शाही र पूर्वउपमेयर लक्ष्मीदेवी पाठकलगायतले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै एमाले प्रवेश गरेको बताएका हुन्। उनीहरुले व्यक्तिवाद, नातावाद र कृपावादलाई प्रश्रय दिने काम बढ्दै गएको आरोप लगाएका छन्।

    एमाले छाड्नेमा नेताहरू भिमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, बिनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, बिनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक र उमेश घिमिरे छन्।

    नागरिकले विश्वास गरेकै कारण दुई तिहाइ जनमत प्राप्त उपलब्धिलाई जोगाउन नसक्नु, २–२ पटक संसद् विघटन गर्नु र सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद पुनर्स्थापना गर्दा पनि पार्टीभित्र समीक्षा गर्न तयार नभएको भन्दै पार्टीबाट विद्रोह गरेको विज्ञप्तिमा उल्लेख छ। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend