आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाले गरेको एक निर्णयले सिटौला देखि शेखरसम्म खुसी, कांग्रेसमा उत्साह 

देउवाले गरेको एक निर्णयले सिटौला देखि शेखरसम्म खुसी, कांग्रेसमा उत्साह 

  • मिडिया डबली
  • मंगलवार, श्रावण ३१ २०७९

  • 29.2K
    SHARES

  • देउवाले गरेको एक निर्णयले सिटौला देखि शेखरसम्म खुसी, कांग्रेसमा उत्साह 

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जना सदस्य थपेका छन्। पार्टी विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १० बमोजिम देउवाले १० जना महिला केन्द्रीय सदस्य थपेका हुन्। 

    थपिएका केन्द्रीय सदस्यमा किरण यादव (महोत्तरी),  राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ) छन्। 

    यस्तै कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) पनि कांग्रेस केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

    यससँगै कांग्रेसको केन्द्रीय कार्यसमिति १५८ सदस्यीय बनेको छ। सभापति देउवाले विधानबमोजिम केन्द्रीय समितिमा ३३ जना सदस्य मनोनयन गर्न पाउँछन्। त्यसमध्ये २३ केन्द्रीय सदस्य मनोनयन गरिसकेका छन्। देउवाले नेता शेखर कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई चित्त बुझाउनेगरी केन्द्रीय सदस्य मनोनित गरेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend