आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाले दिए मन छुने अभिव्यक्ति, कांग्रेसजनमा खुसियाली 

देउवाले दिए मन छुने अभिव्यक्ति, कांग्रेसजनमा खुसियाली 

  • मिडिया डबली
  • सोमवार, श्रावण ३० २०७९

  • 17.8K
    SHARES

  • देउवाले दिए मन छुने अभिव्यक्ति, कांग्रेसजनमा खुसियाली 

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको लोकप्रियता र सबलतासँगै सम्पूर्ण ध्यान जनताको काममा लगाउन पार्टीबाट नवनिर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।

    कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले सबै जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्नेमा आफू विश्वस्त रहेको बताए।

    ‘मैले विशिष्ट परिस्थितिमा सरकारको नेतृत्व गरेको हुँ। कोभिड नियन्त्रण गर्ने, लोकतान्त्रिक मूल्यमान्यता स्थापित गर्ने र एमसीसी अनुमोदन गर्ने जिम्मेवारी थियो। त्यो पूरा गरेको छु,’ उनले भने। कांग्रेसकै नेतृत्वमा स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न भएको देउवाले बताए।

    अबको ध्यान मंसिर ४ गतेका लागि केन्द्रित भएको बताउँदै देउवाले सबैले सोहीतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए। ‘अघिल्लो पटक हामीले विपक्षी गठबन्धनका कारण जित्न सकेनौं। यसपटक हाम्रो गठबन्धनको सरकार छ। हामीले गठबन्धन गरेरै जाने हो। पार्टीभित्र मजबुत एकता कायम गरेर चुनावमा जाऔं,’ देउवाले भने।

    देउवाले आफूले पार्टीभित्र सहमतिमै निर्णय गरेको दाबीसमेत गरे। आगामी दिनमा पनि पार्टीमा कसैलाई काखापाखा नगरिने उनको भनाइ छ। ‘मैले पार्टीभित्र सहमतिमा निर्णय गर्ने गरेको छु। आगामी दिनमा पनि कसैलाई काखापाखा हुन दिन्नँ। कतिपय ठाउँमा गठबन्धन भएर पनि हामी हार्नुपरेको छ। स्थानीय तहले जनताको मन जित्नुपर्छ। जनताभन्दा ठूलो कोही छैन,’ उनले भने।

    जनता देशका मालिक भएको देउवाको भनाइ थियो। जनताको मन जित्नेगरी काम गर्न समेत उनले पार्टीबाट निर्वाचित प्रतिनिधिलाई निर्देशन दिएका छन्।

    उनले आफू नेतृत्वको सरकार आगामी चुनाव स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पनि प्रतिबद्ध रहेको बताएका छन्। यसका साथै देउवाले टिकट वितरणमा घात नहुने दावीसमेत गरे। उनले टिकट वितरण गर्दा सबैलाई मिलाएर लैजाने भन्दै आश्वस्त पारेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend