आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाले थप्दैछन् आठ केन्द्रीय सदस्य, क–कसको चम्किँदैछ भाग्य?

देउवाले थप्दैछन् आठ केन्द्रीय सदस्य, क–कसको चम्किँदैछ भाग्य?

  • मिडिया डबली
  • सोमवार, श्रावण ३० २०७९

  • 33.2K
    SHARES

  • देउवाले थप्दैछन् आठ केन्द्रीय सदस्य, क–कसको चम्किँदैछ भाग्य?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठ महिलालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएका छन्। सभापति देउवाले निर्वाचन आयोगमा दल दर्ताअगावै आठ जना महिलालाई केन्द्रीय सदस्यमा नियुक्त गर्न लागेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

    आयोगमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि दल दर्ता गर्न मंगलबारसम्म समय छ। आठ महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि तत्काल मौजुदा केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत पुग्नेछ। प्रवक्ता डा. महतले आयोगमा दल दर्ता गर्दा ३३ प्रतिशत महिलाको संख्या पु¥याउने सहमति भएको बताए।

    उनले भने, ‘संविधानको व्यवस्थाअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पुर्‍याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।’ आठ महिलालाई केन्द्रीय समितिमा मनोनयन गरेपछि अब ५ जना महिला र ७ जना पुरुषलाई केन्द्रीय समितिमा मनोनीत गर्न बाँकी हुनेछ।

    कांग्रेसको विधानमा समावेशी सिद्धान्तको आधारमा निर्वाचित केन्द्रीय समितिको २० प्रतिशत मनोनीत गर्ने व्यवस्था छ। सभापति देउवाले आठ महिलालाई केन्द्रीय समितिमा मनोनीत गर्न लागेको जानकारी डा.शेखर कोइरालालाई आइतवार दिएका थिए। सभापति देउवाले कोइरालासँग २ जनाको नाम मागेको शेखर निकट एक केन्द्रीय सदस्यले बताए।

    सभापति देउवाले १७ पुसमा १० जना केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका थिए। त्यो बेलामा देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्ध निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गरेका थिए। देउवाले त्यसको भोलिपल्ट अर्थात् १८ पुसमा जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend