आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यसरी हुने भयो गठबन्धनमा सिटको बाँडफाँड, एमालेमा तनाव! 

यसरी हुने भयो गठबन्धनमा सिटको बाँडफाँड, एमालेमा तनाव! 

  • मिडिया डबली
  • सोमवार, श्रावण ३० २०७९

  • 9.8K
    SHARES

  • यसरी हुने भयो गठबन्धनमा सिटको बाँडफाँड, एमालेमा तनाव! 

    काठमाडौं ।  सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठकले मंसिर ४ को निर्वाचनमा सिट बाँडफाँट गर्दा के कसरी गर्ने भन्ने खाका बनाउन थालनी गरेको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकले सिट बाँडफाँटको मापदण्ड बनाउँदा २०७४ सालको निर्वाचनको समानुपातिक मत र वैशाखमा भएको स्थानीय तहको मतलाई आधार बनाउने तयारी गरेको छ। 

    ‘आज कार्यदलको बैठक बस्यो। चाँडैभन्दा चाँदै गृहकार्य पुरा गर्न कामहरुलाई व्यवस्थित रुपले अघि बढाउँदै छौँ,’ कार्यदलका सदस्य तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘सिट बाँडफाँटको मापदण्ड बनाउँदा २०७४ को समानुपातिक मत, २०७९ स्थानीय तहको मतको आधार बनाउने एक खालको सहमति भएको छ।’ 

    कार्कीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले २०७४ को निर्वाचन नलडेको कारण त्यसलाई सम्बोधन गर्ने गरी अर्को मापदण्ड पनि बनाइने जानकारी दिए।  उनले कार्यदलभित्रै सिट बाँडफाँटको कुरा टुंग्याएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी भइरहेको पनि बताए।    

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend