सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

चितवनमा प्रचण्डलाई ठूलो तनाव, कांग्रेसको भुइँकटहर समूहले उम्मेदवारी दिने 

चितवनमा प्रचण्डलाई ठूलो तनाव, कांग्रेसको भुइँकटहर समूहले उम्मेदवारी दिने 

  • मिडिया डबली
  • शनिवार, श्रावण २८ २०७९

  • 5.7K
    SHARES

  • चितवनमा प्रचण्डलाई ठूलो तनाव, कांग्रेसको भुइँकटहर समूहले उम्मेदवारी दिने 

    चितवन । नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ ।

    सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ ।

    स्थानीय निर्वाचनमा पनि कांग्रेसले गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्दै भरतपुर महानगरपालिकाको मेयर प्रचण्डकी छोरी रेनुलाई समर्थन गरेको थियो । रेनुविरुद्ध जगन्नाथ पौडेललाई स्वतन्त्र उम्मेदवार बनाएको कांग्रेसको असन्तुष्ट पक्षले प्रतिनिधिसभा पनि उम्मेदवारी बनाउने तयारी गरेको छ ।

    कांग्रेस पूर्वसभापति सुशील कोइरालाको ८३ औं जन्मजयन्तीका अवसरमा ‘कांग्रेस शुद्धीकरण अभियान’को नामबाट छलफल कार्यक्रम राखेको सो समूहले भदौ २४ गते बीपी जयन्तीको अवसरमा उम्मेदवार घोषणा गर्ने तयारी गरेको जनाएको छ ।

    यो समूहका नेता एवं कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले अरु कोही तयार नभए आफू एक्लै भएपनि चुनावमा उम्मेदवार बन्न तयार रहेको घोषणा गरे । ‘कांग्रेसका मतदाताले चुनाव चिह्नमा रुखमा मत हाल्न नपाउने अवस्था फेरि आएमा म कांग्रेसका तर्फबाट चुनाव लड्न तयार छु,’ नेता सापकोटाले भने, ‘यसमा तपाईंहरु सबैको साथ रहने नै छ ।’ अहिले सत्ता गठबन्धन ‘काले काले मिलेर भाले खाने गठबन्धन’ भएको उनको टिप्पणी छ ।

    कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले कांग्रेस वामपन्थीले दिएको लौरो टेकेर हिँड्नुपर्ने दयनीय अवस्थामा पुगेको टिप्पणी गरे । नेता श्रेष्ठले भने, ‘कांग्रेसलाई बलियो बनाउन कुनै पनि कदम चाल्न पछि हट्दैनौं, भोलि पनि उठ्छौं ।’

    भरतपुरको मेयरमा बागी उम्मेदवार बनेका पूर्वसांसद जगन्नाथ पौडेलले गठबन्धनका नाममा चितवनमा कहिलेसम्म माओवादीलाई बोकेर हिँड्नुपर्ने भनी प्रश्न गरे । उनले आफूहरु माथि अपमानित र थिचोमिचो भएकोले जिल्लाभर यसको प्रतिवाद हुने बताए ।

    तरुण दल चितवनका पूर्वअध्यक्ष शम्भु अर्यालले कांग्रेसको जिल्ला नेतृत्व पैसा र लोभलालसामा फसेको टिप्पणी गरे ।

    कार्यक्रममा कांग्रेस नेता मीना खरेलले अहिलेको सत्ता गठबन्धन लोकतन्त्रको मर्मभन्दा बाहिर भएको टिप्पणी गरिन् । ‘अहिलेको यो गठबन्धन कांग्रेसको विधान, संविधानको मर्म र जनताको भावनाभन्दा बाहिर गएर सत्ता स्वार्थमा लिप्छ छ,’ खरेलले भनिन् ‘पाँच बर्षसम्म कांग्रेस भनेर बस्ने, तर भोट चाँहिँ माओवादीको हसिँया हथौडामा हाल्नुपर्ने? यो दुर्भाग्य कहिलेसम्म?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend