काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा आफ्नो अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कार्यसम्पादन समितिको बैठक शनिबार बिहान ९ बजे बस्ने बताइएको छ। बैठकमा सिट बाँडफाँडका विषयमा पार्टीको आधिकारिक धारणा तय गरिने सहमहामन्त्री जीवन परियारले जानकारी दिए। कांग्रेसले सत्ता गठबन्धनबीच तालमेल हुँदा १०० सिट पाउनुपर्ने अडान लिँदै आएको छ। तर, गठबन्धनभित्र दलहरुले आफ्नो तर्फबाट दाबी प्रस्तुत गर्दै गर्दा कांग्रेसको आधिकारिक अडान र दृष्टिकोणका विषयमा थप स्पष्ट गरिने ती पदाधिकारीको भनाइ छ।
यस्तै बैठकमा चुनावी अभियान सञ्चालनका विषयमा पनि निर्णयमा पुग्ने सन्दर्भमा पनि निर्णय लिइने छ। यसअघि भदौ २ देखि सुरु गर्ने भनिएको अभियान ७ गतेदेखि २४ गते तय गर्ने सहमहामन्त्री परियारले बताए। यस्तै प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दल दर्ता गर्ने निर्णय पनि गरिनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।