आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेले प्रतिनिधिसभामा ९ सिट जित्ने, बालकोटमा उथलपुथल! 

एमालेले प्रतिनिधिसभामा ९ सिट जित्ने, बालकोटमा उथलपुथल! 

  • मिडिया डबली
  • बिहिवार, श्रावण २६ २०७९

  • 4.3K
    SHARES

  • एमालेले प्रतिनिधिसभामा ९ सिट जित्ने, बालकोटमा उथलपुथल! 

    काठमाडौं । पाँच दलिय गठबन्धनबीच बलियो तालमेल भए नेकपा एमालेले प्रतिनिधिसभामा ९ सिट मात्रै जित्ने देखिएको छ। १६५ सिट मध्ये १५५ सिटमा पाँचदलीय गठबन्धनले जित्ने देखिन्छ । एमालेले ९ र नेपाल मजदुर किसान पार्टीले एक सिट जित्नेछ । बाँकी दलहरूलाई प्रत्यक्षमा चुनाव जित्न सहज छैन ।

    यद्यपि पाँचदलीय गठबन्धनले जित्ने देखिएका १८ सिटमा मतान्तर ५ प्रतिशत भन्दा कम छ भने थप १६ सिटमा ५ देखि १० प्रतिशत छ । यो स्थानहरूमा प्रतिस्पर्धामा रहेका एमाले आउने सम्भावना रहन्छ । तर एमालेले जित्ने देखिएका ६ सिटमा ५ प्रतिशत र थप ३ सिटमा ५ देखि १० प्रतिशतसम्म मतान्तर भएकाले समग्र परिणाममा ठूलो हेरफेर नहुन सक्छ यदि स्थानीय निर्वाचनमा देखिएको रुझानमा नै भोट खस्यो भने । तथापि नयाँ मतदाताहरूको संख्या अझै नआइसकेकोले उनीहरूको संख्या धेरै हुँदा नतिजामा केही स्थानमा प्रभाव पार्न सक्छन् ।

    जसरी पाँच दलले सिट बाँडफाँटकै लागि गृहकार्य गरे, त्यसरी एमालेले गठबन्धन त बनाएको छैन तर स्थानीय चुनावमा झैं राप्रपा र राप्रपा नेपालसँग एमालेले तालमेल गर्ने सम्भावना कायमै छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend