आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले सिके राउत, कमल थापा, रेशम चौधरी बोकेर चुनावमा जाने

एमाले सिके राउत, कमल थापा, रेशम चौधरी बोकेर चुनावमा जाने

  • मिडिया डबली
  • बुधवार, श्रावण २५ २०७९

  • 8.4K
    SHARES

  • एमाले सिके राउत, कमल थापा, रेशम चौधरी बोकेर चुनावमा जाने

    काठमाडौं - नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो मिलेर चुनावमा जाने निर्णयप्रति मुर्मुरिएको एमाले पनि भुरेटाकुरे दलसँग सहकार्य गर्ने मनस्थितिमा पुगेको छ ।

    जति गर्दा पनि माओवादी र एकीकृत समाजवादीलाई आफूतिर तान्न नसकेपछि एमाले अध्यक्ष केपी ओलीले सिके राउत, कमल थापा, रेशम चौधरी, राजेन्द्र लिङ्देनलाई बोकेर चुनावमा जाने रणनीति अख्तियार गरेको नेताहरू बताउँछन् ।

    स–साना दललाई बोकेर जाँदा समानुपातिक मत बढ्न सक्ने एमालेको अनुमान छ । प्रत्यक्षतर्फ कम सीट जितिए पनि पनि समानुपातिकतर्फबाट सबैभन्दा धेरै मत ल्याउने रणनीतिमा ओली लागेका छन् ।

    एकीकृत समाजवादीका कारण काटिने भोट अन्यत्रबाट भर्पाइ गर्ने र केही थप पनि गर्ने रणनीतिमा रहेका कारण एमालेले साना पार्टीलाई साथ लिन खोजेको देखिएको छ । कैलाली, बर्दिया, बाँके, दाङलगायत तराईका केही थारु बाहुल्य क्षेत्रमा रेशम चौधरीको पनि प्रभाव रहेको छ । सिके राउतको जनमत पार्टी, कमल थापाको राप्रपा नेपाल तथा राजेन्द्र लिङ्देनको राप्रपासँग एमालेले सहकार्य गर्न सक्ने देखिएको छ ।

    स्रोतका अनुसार सीके राउतसँग मिलेर सप्तरी २ मा राउतलाई सहयोग गर्ने तयारी भइरहेको छ । उपेन्द्र यादवको यो क्षेत्रमा एमालेको साथमा राउत चुनाव लड्ने सोचमा छन् र एमाले पनि यो क्षेत्रमा आफू नजितिने भएका कारण राउतलाई समर्थन गर्न सक्ने बताइएको छ । राजेन्द्र लिङ्देनको राप्रपा अन्तिममा एमालेसँग मिल्न सक्ने बताइएको छ ।

    झापा, बाँके, हेटौडालगायतका क्षेत्रमा राप्रपासँग मिल्नुपर्ने बाध्यताका कारण एमाले पनि उनीहरुसँग नजिकिने प्रयासमा रहेको छ । यसअघि राप्रपासँग मिलेकै कारण ओलीले झापा ५ मा चुनाव जितेका थिए ।

    यदि माओवादी र राप्रपासँग नमिलेको भए ओलीलाई चुनाव जित्न निकै कठिन हुने थियो । अहिले माओवादी अर्कै गठबन्धनमा छ । एमाले आफैं विभाजन भएको छ । राप्रपा पनि के गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।v

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend