आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाको काम देखेर एमाले आश्चर्यचकित, खुसी हुँदै गर्यो स्वागत 

देउवाको काम देखेर एमाले आश्चर्यचकित, खुसी हुँदै गर्यो स्वागत 

  • मिडिया डबली
  • बिहिवार, श्रावण १९ २०७९

  • 4.2K
    SHARES

  • देउवाको काम देखेर एमाले आश्चर्यचकित, खुसी हुँदै गर्यो स्वागत 

    बुटवल । निर्वाचनको मिति घोषणालाई नेकपा एमालेले स्वागत गरेको छ। सरकारले बिहिबार मंसीर ४ गते गर्ने गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको थियो। एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिति घोषणासंगै सरकार कामचलाउमा परिणत भएको बताएका छन् ।

    प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले अब महत्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न नपाउने बताए । ‘आजदेखि सरकार कमचलाउ भयो, अब सरकारले महत्वपूर्ण निर्णय गर्न पाउँदैन’ उनले भने ।

    बिहीबारको मन्त्रिपरिषद बैठकले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको छ । उपाध्यक्ष नेम्वाङले सरकारले छापामार शैलीम चुनावको मिति घोषणा गरेको टिप्पणी गरे । यद्यपि निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको बताए ।

    नेम्वाङले अहिलेको गठबन्धन संसदीय मूल्य मान्यता विपरीत दूषित गठबन्धन गरेको टिप्पणी गरे । एम अधिकारी प्रकरण राजनीतिक बिषय भएको भन्दै नेम्वाङले सत्ता पक्षले हचुवाको भरमा यो बिषय उछालेको दाबी गर्दै छानबिन गरेर कारवाही गर्न चुनौती दिए ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend