आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री खाँणको नगरपालिकामा एमालेले देखायो यस्तो हर्कत, चौतर्फी विरोध  !

गृहमन्त्री खाँणको नगरपालिकामा एमालेले देखायो यस्तो हर्कत, चौतर्फी विरोध  !

  • मिडिया डबली
  • आइतवार, श्रावण १ २०७९

  • 8.1K
    SHARES

  • गृहमन्त्री खाँणको नगरपालिकामा एमालेले देखायो यस्तो हर्कत, चौतर्फी विरोध  !

    बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पक्षधरता देखाएको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

    आइतबार नगरसभामा उपस्थित एमालेका केही जनप्रतिनिधि र कांग्रेसका जनप्रतिनिधिको हाजिर नगराई बैठकका लागि गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गराउन भूमिका खेलेको भन्दै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् ।

    तिलोत्तमा नगरपालिकाको १२ औं नगर सभाको तेस्रो र चौथो बैठकमा ज्ञवालीले नेपाली कांग्रेसतर्फ पक्षधरता देखाएकाले तालाबन्दी गरिएको उपप्रमुख चौधरीले बताइन् । नगरसभा बैठकमा उपस्थित भएका नगरसभा सदस्यलाई षड्यन्त्रपूर्वक उपस्थिति पुस्तिकामा हाजिर गर्न नदिई गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गराएको चौधरीले बताइन् ।

    ‘प्रमुख प्रशासकीय अधिकृत नेपाली कांग्रेसको मात्रै कर्मचारी भएजसो गरी नियोजित रुपमा अनैतिक काम गरेका छन्’, चौधरीले भनिन्, ‘एमालेका जनप्रतिनिधिको उपस्थिति पुस्तिका नै गायब पारेर कांग्रेसबाट निर्वाचितको मात्रै उपस्थिति तयार गरी हस्ताक्षर गराएकोले नैतिक हिसाबले अब उनी स्वीकार्य छैनन् ।’

    आइतबारको नगरसभा बैठकमा एमालेबाट निर्वाचित ४२ जना नगरसभा सदस्यको हस्ताक्षर गराएपछि प्रमुख प्रशासकीय अधिकृतले अरु नगरसभा सदस्यको हस्ताक्षर नगराई गणपूरक संख्या नपुगेको देखाइएको चौधरीले बताइन् ।
    नगरप्रमुख रामकृष्ण खांणले नगरसभा सुरु भएको घोषणा गर्दा एमालेका ४२ जनाको उपस्थिति गरेको माइन्युट अनधिकृत ब्यक्तिमार्फत लुकाउन खोज्दा नियन्त्रणमा लिइएको उनले बताइन् ।

    शुक्रबार बसेको तेस्रो बैठकमा ८९ जना उपस्थित भए पनि नगरप्रमुख खांण बाहेक ८८ जनाले हस्ताक्षर गरेका थिए । तर नगर प्रमुख खाणले आफू निकटका ४१ जना जनप्रतिनिधिलाई मात्र फर्जी उपस्थिति पुस्तिकामा हस्ताक्षर गराएर गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको एमालेको आरोप छ ।

    एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हाजिर गर्नबाट बञ्चित गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीविरुद्ध उनीहरूले नाराबाजी गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend