काठमाडौं । नेकपा एमालेले अर्थ तथा योजना समितिको सदस्यको रुपमा राखिएका भनिएका विराटनगरका मनोज अधिकारी (एम अधिकारी)ले आफू उक्त जिम्मेवारी लिन असमर्थ रहेको जनाएका छन्।
एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै तीब्र विरोध भएपछि एमालेले चार्टड एकाउन्टेन्ट मनोज अधिकारी एम। अधिकारी भएको दावी गरेको थियो।
एमालेलाई एम अधिकारी देखाउन दबाव बढेपछि केन्द्रबाट विराटनगर महानगर कमिटीलाई एम अधिकारी अर्थात मनोज अधिकारी सार्वजनिक गर्न निर्देशन आएको थियो।
विराटनगरमा चार्टड एकाउन्टेन्ट रहेका अधिकारीले आफ्नो कार्यव्यस्तताका कारण जिम्मेवारी लिन असमर्थ रहेको फेसबुकमार्फत् स्पष्ट पारेका छन्। उनले आफू एमालेको सक्रिय सदस्य रहेको स्वीकार गर्दै पार्टीले महत्वपूर्ण जिम्मेवारी दिने कुरा भने चलिरहेको उल्लेख गरेका छन्।

‘केहि दिन अगाडि पार्टीको अर्थ तथा योजना समितिमा तपाइँलाई मनोनयन गरियो भन्ने कुरा पार्टीका जिम्मेवार व्यक्तित्वहरुबाट मौखिक रुपमा जानकारी पाएको र अहिलेको कार्य व्यस्तताले गर्दा सो को यथार्थ यकिन गर्न असमर्थ रहेको थिएँ,’ उनले लेखेका छन्, ‘हाल उक्त समितिको नाम गभर्नर महाप्रसाद अधिकारीज्यूसँग मिल्दो जुल्दो भएकोले उक्त समितिमा म नै मनोनित भएको हो या हैन भनी हालसम्म यकिन छैन र मनोनित नै भएको हो भने पनि हालको असामान्य परिस्थिति तथा मेरो व्यक्तिगत कारणले म उक्त पद धारण गर्न असमर्थ रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छु।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।