काठमाडौं । नेपाली कांग्रेसले करिब एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने तयारी गरेको छ ।
पार्टीको आइतबार बसेको पदाधिकारी बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा करिब एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिन प्रस्ताव पेस गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
पार्टीले मान्यता दिन लागेका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधानलाई अन्तिम रूप दिने कार्यसम्पादन भइसकेको छ । पार्टीका नेता एनपी साउद लगायतले विधानमा काम गरेका थिए ।
कुन–कुन भातृसंस्था थपिँदैछन्?
भ्रातृ संस्थाहरू
नेपाल थारू संघ
नेपाल आदिवासी जनजाती महासंघ
शुभेच्छुक संस्थाहरू
नेपाल लोकतान्त्रिक खेलकुद संघ
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ
नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ
नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ
नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ
नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ
नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ
नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघ
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।