ललितपुर । गत स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र उनीहरूको पक्षमा उभिने १० जना नेता कार्यकर्तालाई ललितपुर एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
पार्टीले निष्कासन गरेकाहरूमा विनोद ताम्रकार, पुरुषोत्तम खड्का, बुद्धलक्ष्मी महर्जन, बाबुरत्न महर्जन, मंगल तामाङ, वीरबहादुर तामाङ, दानरत्न मानन्धर, रामबहादुर केसी, सुन्दर खड्का र शिवराम खड्का रहेका छन् ।
महाकाल गाउँपालिकाको इन्चार्ज रहेकी विमला दुलालले जिम्मेवारी बमोजिम समय प्रदान गरी कामको व्यवस्थापन गर्न नसकेको मूल्याङ्कन सहित उनलाई सो जिम्मेवारीबाट हटाई महाकाल गाउँपालिका सहइन्चार्ज श्याम शर्मा बजगाईंलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ।
एमाले जिल्ला कमिटीको बैठकले मातहत कमिटीहरूलाई स्थानीय तह निर्वाचन समीक्षा बैठक आगामी असार २० सम्म सम्पन्न गरी २२ गतेसम्ममा अनिवार्य जिल्ला कमिटीमा प्रतिवेदन पेस गर्न सर्कुलर जारी गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।