काठमाडौं । काठमाडौं महानगरपालिका –४ का नवनिर्वाचित वडाध्यक्ष दिनेश महर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौंले वडाध्यक्ष महर्जनसहित ३ जनालाई बरिष्ठ ज्येष्ठ नागरिक महानगर प्रोत्साहन भत्ता बापत उपलब्ध गराउनुपर्ने रकममा अनियमितता गरेको अभियोगमा मुद्दा परेपछि अदालतले हिरासतमै राखी अनुसन्धान गर्ने आदेश दिएको छ ।
अदालतमा वडाध्यक्ष महर्जनसहित ध्रुवप्रसाद त्रिपाठी र मोहनबहादुर विष्टविरुद्ध सरकारी कागजात कीर्ते गरेको र लिखतसमेत कीर्ते गरेको अभियोगमा ७ वर्ष कैद सजायसहितको मागदाबी गरिएको छ ।
सो मागदाबी पछि जिल्ला अदालत काठमाडौंले तिनै जनालाई पक्राउ गरी हिरासतमै राखेर अनुसन्धान गर्ने आदेशसहित उनीहरुविरुद्ध पक्राउपूर्जी जारी गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।