सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

बामदेवले गरे कांग्रेसले एकल बहुमत ल्याउने घोषणा, एमालेमा भुइँचालो !

बामदेवले गरे कांग्रेसले एकल बहुमत ल्याउने घोषणा, एमालेमा भुइँचालो !

  • मिडिया डबली
  • मंगलवार, आषाढ १४ २०७९

  • 4.0K
    SHARES

  • बामदेवले गरे कांग्रेसले एकल बहुमत ल्याउने घोषणा, एमालेमा भुइँचालो !

    काठमाडौं । बरिष्ठ कम्युनिस्ट नेता तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमले आगामी निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउने घोषणा गरिदिएका छन्। मंगलबार पार्टी घोषणा गर्दै उनले कम्युनिस्ट पार्टीभित्रका केही हाँगाबिंगा कांग्रेसतिर लम्किएपछि आउँदो संघीय संसद् र प्रदेशसभा निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउने बताएका हुन्। स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३२९ तह जितेको थियो। 

    ‘कम्युनिस्टहरू नजोडिए कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्छ। अर्को निर्वाचनमा गठबन्धन चाहिँदैन। उसले स्वतः बाजी मार्छ। कम्युनिस्टहरूले एकता अथवा कार्यगत एकता गर्न सकेनन् भने आउँदा निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्छ–बन्छ’, उनले भने ।

    प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस ठूलो भएपछि उसको सरकारले बनाएका संरचना रहने दाबी गर्दै दोस्रो निर्वाचनमा गठबन्धनको बैसाखी नचाहिने दाबी वामदेवले गरे। कांग्रेस फैलिने पूर्वानुमान गरेरै अहिलेको स्थितिलाई परिवर्तन गर्न कम्युनिस्ट एकताका लागि अभियान चलाउन पार्टी गठन गर्नुपरेको विवशता उनले व्यक्त गरे। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend